२ वैशाख, काठमाडौं । जगदम्बा मोटर्सले मलेसियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोनले बजारमा ल्याएको आधुनिक सुविधा युक्त प्रोटोन एक्स ७० गाडी नेपाल भित्र्याउने तयारी गरेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रोटोनले २०२० मा थप आधुनिक सुविधाहरुले भरिपूर्ण एक्स ७० गाडीको नयाँ संस्करण मलेसियामा सार्वजनिक गर्यो, जसले यसको पुरानो संस्करणले मलेसियामा हात पारेको सफलतालाई पछि पारिसकेको छ भने संसारभर थप सफलता हासिल गर्ने क्रममा रहेको छ । यही गाडी चाँडै नै जगदम्बा मोटर्सले नेपाल ल्याउने तरखर गरिरहेको छ ।’
शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्रालिले केही समय अघि मात्र चर्चित मोडल ‘प्रोटोना सागा’ नेपाल भित्र्याएको थियो ।
कम्पनीका अनुसार ३६ वर्षको इतिहास बोकेको प्रोटोनले आफ्नो पहिलो कार इसं १९८५ मा ‘प्रोटोन सागा’को रुपमा बजारमा ल्याएको थियो । त्यसपश्चात समयसँगै अन्य विभिन्न मोडलका गाडीहरु बजारमा ल्याएको थियो । जस्तै १९९२ मा प्रोटोन सागा इश्वारा, १९९३ मा प्रोटोन वाइरा, १९९४ मा प्रोटोन सटरिया, १९९६ मा प्रोटोन पुत्र कौप बजारमा ल्याएको थियो । जसका पछिल्ला २ संस्करणहरु मध्य पूर्व एसिया र युरोप तिर अत्याधिक मात्रामा बिक्री भएको कम्पनीको दाबी छ ।
यसैगरी प्रोटोनले १९९५ मा प्रोटोन पेरडाना र १९९६ मा प्रोटोन टिएरा गरेर नब्बेकै दशकमा अन्य २ प्रकारका गाडीहरु पनि बजारमा ल्याएको कम्पनीले जनाएको छ । त्यसपश्चात २०औं शताब्दी लागि कन प्रोटोनले सन् २००० मा प्रोटोन वाजा, २००१ मा प्रोटोन जुअरा, २००२ मा प्रोटोन एरिना, २००४ मा प्रोटोन जिन २, २००५ मा प्रोटोन सेभ्भी, २००६ मा प्रोटोन स्याट्रिया निओ, २०१० मा प्रोटोन इन्सपाइरा, २०१२ मा प्रोटोन प्रेभ, २०१३ मा प्रोटोन सुप्रिमा एस र २०१६ मा प्रोटोन अर्टिजा मोडलका गाडीहरु बजारमा ल्याएको कम्पनीको भनाइ छ ।
‘सन् २०१८ प्रोटोनको लागि विशेष रहन गयो । किनकि प्रोटोनले यही वर्ष प्रोटोन एक्स ७० नामक आफ्नो प्रथम एसयूभी बजारमा ल्याएको थियो, जुन मलेसियामा मात्र नभएर विश्व अटो बजारमा नै निकै रुचाइएको थियो । यसले प्रोटोनलाई मलेसियन लगायत बिश्व अटोमोबाइल बजारमा एउटा नयाँ उचाइ हासिल गराउन निकै नै ठूलो भूमिका खेल्यो । यस गाडीले संसारभर धेरै नै ठूलो नाम र प्रतिष्ठा कमाउनका साथै धेरै देशमा वर्षको उत्कृष्ट एसयूभीको अवार्ड जित्न समेत सफल रह्यो,’ विज्ञप्तिमा भनिएको छ ।
यसको मुख्य बजार मलेसिया र बेलायत रहेता पनि हाल ७० भन्दा बढी मुलुकमा यसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ ।
उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेसियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा पछिल्लो अन्तर्राष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ । गिली होल्डिंग र भोल्भो संगको सहकार्य पश्चात अझ नविनतम अन्तराष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूल मान्यताहरुलाई अघि बढाएको छ। अरु ठूला ठूला कम्पनीसँग प्रतिस्पर्धामा रहिरहन पनि प्रोटोनले प्रविधिको खोज तथा अनुसन्धानमा अर्बौं रूपैयाँ खर्चेको छ। अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र इन्जिनियरिङ नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ, जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रा तर्फ अग्रसर गराइरहेको छ।
३६ बर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ ओटा मोडल उत्पादन गरिसकेको र यसका संसारभर ४.४ मिलियन भन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4