+
+
Shares

सिजनको पहिलो हिमाल आरोहण अन्नपूर्णमा, १४ जना पुगे चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १४:४४
तस्वीर सौजन्य : सेभेन समिट ट्रेक्स प्रालि ।

३ वैशाख, काठमाडौं । वसन्त ऋतुको पहिलो हिमाल आरोहण अन्नपूर्ण (८०९१ मिटर)मा भएको छ ।

शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार यो टीममा ७ जना नेपाली सदस्य छन् । अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पूर्णिमा श्रेष्ठ, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा रहेका छन् । सन् २०१९ पछि पहिलो पटक हिमाल आरोहण भएको हो ।

सन् २०२० मा भने कोरोना महामारीका कारण आरोहणका सबै गतिविधि स्थगित भएका थिए ।

• Team made Successful summit of Mt. Annapurna (8091m).

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?