Comments Add Comment

इण्डोनेसियाली खाना : जडीबुटी र मसलायुक्त भिन्न भोजन संस्कृति

Photo Credit : तस्वीरहरू : फोडोर्स डटकमबाट

इन्डोनेसिया विश्वको दोस्रो सबैभन्दा ठूलो जैविक विविधताले युक्त देश हो । यसमा केही ठूला टापु र सयौं साना टापुहरू छन् । देशको माटो र जलवायुका कारणले कृषि बालीनाली र पशुहरूको उत्पादनमा ल्याएको विविधतासँगै यहाँको खाद्य संस्कारमा पनि आफ्नै किसिमको विविधता पाइन्छ । इन्डोनेसियामा ९३१ आदिवासी समूह छन् भने ९०० भन्दा धेरै खानाका मौलिक परिकारहरू छन् । इन्डोनेसियामा भौगोलिक र सांस्कृतिक विविधताका कारण केही यस्ता अनौंठा व्यञ्जनहरू पनि बन्ने गर्छ जुन अन्यत्रभन्दा पूर्ण रूपमा फरक छन् ।

इण्डोनेसियाको  पर्यटन र रचनात्मक अर्थव्यवस्था मन्त्रालयको २०१२को एक रिपोर्ट अनुसार इण्डोनेसियामा ३० किसिमका परम्परागत खाद्य संस्कार छन् । योग्यकर्त्ता सुप्रसिद्ध इन्डोनेसियाली पाक संस्कृतिको केन्द्र हो । यस अध्ययनमा योग्यकर्त्ताले जाभानी परम्परागत खाद्य पदार्थ र संस्कृतिको एक प्रतिनिधिको रूपमा भूमिका खेलेको देखाएको छ । योग्यकर्ता इन्डोनेसियाको जाभा टापुमा अवस्थित सहर हो। यो सहर शिक्षा, परम्परागत जाभाली ललित कला तथा बतिक, ब्याले, नाटक, सङ्गीत, साहित्य र पपेट सो जस्ता सांस्कृतिक परम्पराहरूका लागि प्रख्यात छ।

क्षेत्रीयताको हिसाबले इण्डोनेसियाली खानालाई इण्डोनेसियाको पश्चिमी भेगमा पाइने खाद्य परिकार, इण्डोनेसियाको मध्य भागमा रहेको खाद्य संस्कार र पूर्वी इण्डोनेसियाको खाद्य संस्कारको रूपमा व्याख्या गर्ने गरिन्छ ।

पश्चिमी इण्डोनेसियामा रहेको सुमात्रा, जाभा जस्ता क्षेत्रमा भोल्क्यानोइज, गोमांश, कुखुरा र अन्य मासुबाट बन्ने परिकारहरू बढी चर्चित छन् भने मध्यभागमा चामलबाट बन्ने परिकार र माछाजन्य परिकार बढी चर्चित छ भने पूर्वी भागमा मकै र कासावालाई मुख्य खानाको रूपमा मान्ने गरिन्छ ।

परम्परागत जाभानी खानाहरू स्थानीय सामग्रीबाट बनेका हुन्छन् जुन कम चिल्लो, बढी फाइबर र मध्यम वनस्पति प्रोटिन र कार्बोहाइड्रेट युक्त तत्वहरू समावेश हुन्छ । यी आहार पूर्ण पौष्टिकता युक्त परिकारहरू हुन्छन् । प्रायः स्थानीय मानिसहरूले नियमित रुपमा जामु, हर्बल पेय पदार्थ पिउँछन् जुन उनीहरूको स्वस्थ बानीको एक अंग बनेको छ। त्यहाँ धेरै सरकारी नीतिहरू छन् जसले परम्परागत र स्थानीयको प्रयोगलाई प्रोत्साहित गरेको छ र यस क्षेत्रमा आहार विविधीकरणलाई बढावा दिएको छ ।

इन्डोनेसियाका पाक विकास

इन्डोनेसियाको खाद्य संस्कृति देशको लामो इतिहाससँगसँगै विकास भएको मानिन्छ । यसको सम्बन्धमा इन्डोनेसियामा पाक विकासलाई सामान्यतया तीन चरणहरूमा वर्गीकृत गर्ने गरेको पाइन्छ ।

(१) मूल चरण

(२) बहुसांस्कृतिक चरण

(३) समकालीन चरण

प्रत्येक चरणमा विभिन्न किसिमका खानाहरूको विकास भए । ती सबैले अहिलेसम्म निरन्तरता पाएका छैनन् । कतिपय अझै पनि निरन्तर छन् । यस्ता खाद्य संस्कृतिहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । एक पुस्ताबाट अर्को पुस्तामा सर्ने क्रममा खानाहरु परिष्कृत र अनुकूलित भएका छन् ।

इन्डोनेसियाली खाना विविधता र स्वादमा धनी छ । उदाहरणका लागि ताजा जडीबुटी र मसलाहरू प्रयोग गर्दा इन्डोनेसियाको प्रत्येक खानामा फरक स्वाद र विशेषता पाउन सकिन्छ । यस्ता खानाहरू मसलेदार, तातो, पौष्टिक, मीठो, खट्टा यी स्वादहरूको मिश्रण पनि हो । सामान्यतया इन्डोनेसियाली खाना देशभरका छवटा प्रमुख टापुहरूमा पाइने खानाको रूपमा विभाजन गर्न सकिन्छ । यी सबै खानाले सम्बन्धित क्षेत्रको प्राकृतिक अवस्था,  इतिहास र संस्कृतिको आधारमा मौलिकता पाएका छन् ।

जस्तै सुमात्रा टापुमा पाइने खाना भारतीय र चिनियाँ संस्कृतिबाट धेरै प्रभावित छ । भारत र चिनियाँ व्यापार मार्गहरूमा मसलाको व्यापार युग र सामरिक स्थानमा भएका कारण अधिकांश उत्तरी सुमात्रा शहरहरूले चिनियाँ र भारतीय आप्रवासीहरूको जीवन शैली अँगालेको देख्न सकिन्छ । सुमात्रा भारतीय र अरबी व्यापारीहरूको लागि पहिलो बन्दरगाह थियो ।

यस टापुको सबैभन्दा लोकप्रिय खाना पाडाङ (वेस्ट सुमात्रा) खाना हो । जुन रेड्याङ खाना समूहमा पर्ने गर्छ । इण्डोनेसियामा गोमांशद्वारा बनेको रेड्याङ लोकप्रिय परिकार हो । यद्यपि त्यहाँका हिन्दुहरूले भने यो परिकार खाने गर्दैनन् ।

सीएनएनले २०११ मा गरेको लोकप्रिय खाद्य परिकारको सूचीमा रेड्याङलाई समेत समेटेको थियो । यसबाहेक, पाडाङ खाद्य परिकार इन्डोनेसिया र छिमेकी देशहरू जस्तै मलेशिया र सिंगापुर आदि मुलुकमा समेत पाउन सकिन्छ । यसैले पाडाङलाई अन्तर्राष्ट्रिय यात्रीहरूमाझ लोकप्रिय इन्डोनेसियाको क्षेत्रीय खानाको रूपमा पनि चिनाउने गरिन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment