+
+
Shares

धवलागिरिको बेसक्याम्प पुगे ८२ वर्षीय कार्लोस सोरिया, शिखर चुम्ने सपना 

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते ६:४८

बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन्। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने दौडमा रहेका उनले केही साताभित्र धवलागिरिको शिखर चुम्ने अठोट लिएका हुन्। उक्त कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

आफ्नो युटुबमा भिडियो अपलोड गर्दै उनले भने, ‘यो आइतवार हामी धवलागिरि बेस क्याम्पमा पुगेका छौं। यो हाम्रो घर हो। जहाँबाट हामी शिखरमा पुग्ने सपना देख्दैछौं । सितो र लुइस नाम गरेका उनका दुई स्पेनिस साथीहरु र शेर्पाहरु आरोहण दलमा रहेका छन्।

तीन साताअघि स्पेनदेखि नेपाल पुगेका कार्लोसले दुई हप्ताको समय खुम्बु क्षेत्रमा ट्रेकिङ् गर्दै बिताएका थिए। त्यहाँबाट काठमाडौं फर्किएर गत साता उनि धवलागिर प्रस्थान गरेका हुन्।

उनलाई धवलागिरि हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास थियो । दुई दशकयता १०औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।

शिखरमा पुग्दा कोभिड महामारीबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्ने कार्लोसले बताउँदै आएका छन्।

यो पनि पढ्नुहोस् –

८२ बर्षीय कार्लोसको धौलागिरी आरोहण गर्ने सपना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?