Comments Add Comment

कोरोनाका कारण प्रदर्शन रोकियो, छायांकन धमाधम

नेपाल सरकारले कोरोनाको दोश्रो लहरका कारण चलचित्र भवनहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेको एक बर्ष बढी भैसकेको छ । चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेपनि छायांकन भने प्रभावित बनेको छैन ।

केही नेपाली चलचित्रको छायांकन सुरु हुनु यसको उदाहरण हो । कोरोनाको पहिलो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को छायांकन सोमबारदेखि सुरु भएको छ । २ साता नेपालमा छायांकन गरेपछि चलचित्रको छायांकन सिक्किममा हुनेछ ।

चलचित्र ‘प्रेमगन्ज’को छायांकन पनि सोमबारदेखि धमाधम भैरहेको छ । काभ्रेबाट चलचित्रको छायांकन सुरु भएको हो ।

चलचित्र ‘कबड्डी ४’को छायांकन पनि सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष छ । चलचित्रको छायांकन मुस्ताङमा हुनेछ । चलचित्रको छायांकन अगाडि सबै टिमको पीसीआर चेक गर्ने निर्माताको कथन छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रको छायांकनका लागि तयारी भैरहेको निर्माता मणिराख पोखरेलको भनाई छ ।

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण देखिएपछि निर्देशक दीपक श्रेष्ठले ‘घिन्ताङ’को छायांकन स्थगित गरे । तर, चलचित्रको छायांकन केकीको रिपोर्ट नेगिटिभ आएपछि सुरु गर्ने तयारी उनको छ ।

अन्य केही चलचित्रका निर्माता पनि छायांकन सुरु गर्ने तयारीमा छन् । कोरोनाको दोश्रो लहरका कारण चलचित्रहरु कहिलेबाट प्रदर्शन हुन्छन्, एकिन छैन । तर, निर्माताहरु पनि चलचित्रको छायांकन रोक्ने मुडमा देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment