+
+
Shares

६ महिनापछि धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला

रासस रासस
२०७८ वैशाख ८ गते १४:३९

८ वैशाख, बागलुङ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पीसीआर मेसिन जडान गरिएको छ । सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै ६ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो ।

योसँगै धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिए । पोख्रेलले भने, ‘सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।’

मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताए । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् ।

मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?