Comments Add Comment

नेप्से परिसूचक ३२ अंकले घट्यो, म्युचुअल फण्डबाहेक सबै राताम्मे

८ वैशाख, काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधबार म्युचुअल फण्ड समूहको सवइन्डेक्स ० दशमलव ०२ अंकले उकालो लागेको छ भने बाँकी सबै समूहगत सबइन्डेक्स घटेर राताम्मे देखिएका छन् ।

बजार समग्रमा ३२ अंकले घटेपनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने निकै राम्रो सुधार देखिएको छ । चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभल (९ प्रतिशत भन्दा माथि) ले वृद्धि भएका छन् । सबैभन्दा धेरै कमाउनेहरुको शिर्ष स्थानमा ज्योति लाइफ इन्स्यारेन्सका लगानीकर्ताहरु देखिएका छन् ।

आईपीओ सूचीकृत भएदेखि नै दैनिक वृद्धि भइरहेको ज्योति लाइफको बुधबार पनि ९ दशमलव ९६ अंकले वृद्धि भएको छ । कारोबार संख्या तथा कारोबार रकमका आधारमा भने पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।

४ हजार १०६ वटा कारोबार हुँदा निफ्राको २५ करोड ४५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment