Comments Add Comment

प्रदेश २ सरकार जनस्वास्थ्य मापदण्ड पालना गराउन कडा रुपमा प्रस्तुत हुने

११ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार संघीय सरकारले बनाएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन कडाइका साथ प्रस्तुत हुने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आफ्नै निवासमा सर्वदलीय बैठकको आयोजना गर्दै जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने बताएको हो । बैठकले २५ जना भन्दा बढी सहभागी हुने साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरेको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा गठन भएको संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह, जनता समाजवादी पार्टीका सचेतक परमेश्वर साह तथा प्रदेशसभा सदस्य रामाशिष यादव सदस्य रहेका छन् ।

बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment