
११ वैशाख, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4