+
+
Shares

टी-१० क्रिकेटमा गोर्खा वारियर्स सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १७:४८

१२ वैशाख, बुटवल । भैरहवामा जारी टी–१० क्रिकेट प्रतियोगितामा गोर्खा वारियर्स सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खाले सोमबार आरआर चिल्हियालाई ६ विकेट पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा ८२ रनको योगफल बनायो । उसका लागि दीपेश कँडेलले ३७ र दीपेश दासले २० रन बनाए । बलिङमा गोर्खाका कृष्ण गिरीले २, सुभाष विक, करण विक र शेषदत्त थारुले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोर्खाले ९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ८५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा महेश रानाले २८, सुभाष विक र अमित तामाङले नटआउट क्रमशः २६ र १५ रन जोडे ।

बलिङमा आरआरका अविनाश बस्यालले २ तथा दिवान पुनले १ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए ।

सोमबार तिलोत्तमा क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?