+
+

कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १४:१८

१४ वैशाख, रौतहट । कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । गौर नगरपालिका–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

वैशाख ११ गते कोरोना संक्रामण पुष्टि भएपछि ती वृद्ध होम आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि गौर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मृतक वृद्ध दमका रोगी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?