+
+
Shares

प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले फेसबुकमार्फत सही समय आएपछि सबैको गलत समय आउने भन्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्।

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि कमेन्ट गरेका छन्।

उनले प्रधानमन्त्रीलाई सही समय कहिले आउँछ भनेर सोधेका छन्। बेनले पनि आइतबार दिउँसो विभिन्न २८ जना पत्रकारहरूको नाम मेन्सन गर्दै उक्त सूचीमा नपर्नेहरूलाई पनि के पत्रकार भन्नु भनेर लेखेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?