Comments Add Comment

रुसी अदालतले लगायो विपक्षी नेताको भ्रष्टाचारविरोधी समूहमाथि प्रतिबन्ध

१५ वैशाख, काठमाडौं । रुसको एक अदालतले विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचारविरोधी समूह (एफबीके)माथि प्रतिबन्ध लगाएको छ । एफबीकेका निर्देशक इभान झडानोभले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार एफबीकेलाई इन्टरनेटमा कुनै पनि पोस्ट गर्न, स्थानीय मिडियाको प्रयोग गर्न, आन्दोलनको आयोजना गर्न, निर्वाचनमा भाग लिन र बैंकको पैसा चलाउन रोक लगाइएको छ ।

यद्यपि यसले एफबीकेको काममा भने कुनै असर नपर्ने निर्देशक झडानोभले बताए । यसअघि मस्कोस्थित अदालतले न्यायधीशहरु एफबीकेको केही गतिविधिमा प्रतिबन्ध लगाउन सहमत भएको बताएको थियो ।

अभियोजकहरुले अप्रिलको सुरुआतमा नाभाल्नीको समूहलाई चरमपन्थीको सूचीमा राख्न माग गर्दै अदालतको ढोका ढकढक्याएका थिए । उनीहरुले मुलुकको अस्थिरतातर्फ धकेलेको र संवैधानिक व्यवस्थाको आधार नै बदल्न खोजेको उनीहरुको आरोप थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीले सन् २०११ मा एफबीकेको स्थापना गरेका थिए । यो समूहले सबै तहका सरकारी अधिकारीको बारेमा अनुसन्धान गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । नाभाल्नीलाई गत जनवरीमा जर्मनीबाट मुलुकमा फर्किने क्रममा पक्राउ गरी जेल हालिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment