+

त्रिदेशीय फुटबल प्रतियोगिता जित्ने खेलाडीलाई जनही ४ लाख दिइने

२०७८ वैशाख  १५ गते १४:५४ २०७८ वैशाख १५ गते १४:५४
त्रिदेशीय फुटबल प्रतियोगिता जित्ने खेलाडीलाई जनही ४ लाख दिइने

१५ वैशाख, काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली  टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

मन्त्रिपरिषदको वैशाख ९ गते बसेको बैठकले नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो ।

*त्रिदेशीय फुटबल लेख्नुपर्नेमा यसअघि भुलवश त्रिकोणात्मक क्रिकेट सिरिज भएकाले सच्याइएको छ  ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय