Comments Add Comment

वीर र पाटन अस्पतालमा संसदीय समितिको अनुगमन

१५ वैशाख, काठमाडौँ । संसदीय समितिले बुधबार वीर र पाटन अस्पतालको अनुगमन गरेको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले बुधबार वीर अस्पताल र पाटन अस्पतालमा अनुगमन गरी कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो ।

संसदीय टोलीलाई वीर अस्पतालका कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा. रवी शाक्यले अस्पतालको भौतिकपूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराएका थिए । अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी गराएको थियो ।

वीर अस्पतालले कोभिड–१९ का बिरामीलाई १०७ र पाटन अस्पतालले २५० श्यया व्यवस्थापन गरेको जानकारी दिइएको समितिका सचिव बविता मिश्रले बताए । दुवै अस्पताल व्यवस्थापनले कोरोनाका बिरामीको उपचारका लागि चिकित्सकसहित नर्सको बढी आवश्यकता परेको जानकारी गरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment