+
+
Shares

निषेधाज्ञासँगै चिनियाँ खोप लगाउने काम पनि रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते ८:१६

१६ वैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।

खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो ।

भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान शुरु भएको थियो ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?