+
+
Shares

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते ६:५५

१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ ।

एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज छ ।

उनले भने, ‘सच्याई यही हो । महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’

कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?