+
+
Shares

गुल्मीदरबार गाउँपालिकामा अक्सिजनसहित ५ बेडको आइसोलेसन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १९:१७

१९ वैशाख, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ५ बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको छ  ।

कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखेर आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । आवश्यक परेमा १० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको उनले बताए ।

गाउँपालिकले अस्थायी कोभिड अस्पतालमा एन्टिजेन परीक्षण, पीसीआरका लागि स्वाब संकलनका लागि आवश्यक तयारीसहित जनशक्ति र एम्बुलेन्स समेत व्यवस्था गरिएको उतले बताए । हाल गाउँपालिकामा कोरोनाबाट १० जना सक्रिय संक्रमित छन् ।

दोस्रो चरणमा कोरोना भाइरसको कारण २९६ जना संक्रमित रहेका छन् । संक्रमितमध्ये १८ जना निको भएर घर फर्किसकेका छन् । जिल्लामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?