Comments Add Comment

प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित

फाइल तस्वीर

२० वैशाख, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

या अवधिमा सबैभन्दा बढी पर्सा जिल्लामा संक्रमित देखिएका छन् । पर्समा ९१ जना संक्रमित थपिँदा अस्थायी राजधानी भएको जिल्ला धनुषामा ७३ जना, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९ र सर्लाहीका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा सकृय संक्रमितको संख्या ३ हजार नाघेको छ । सोमबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ६१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये १३८ जना संस्थागत आइसोलेसनमा र ३ हजार ३० जना होम आइसोलेसनमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment