Comments Add Comment

मेघराज पौडेल आइएफएससीको इभेन्ट्स कमिसनको सदस्यमा निर्वाचित

२१ वैशाख, काठमाडौं । नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका महासचिव मेघराज पौडेल इन्टरनेश्नल फेडेरेशन अफ स्पोर्टस क्लाइम्बिङ (आइएफएससी)को इभेन्ट कमिसनको सदस्यमा निर्वाचित भएका छन् ।

सन् २०२१ मार्चमा बसेको एसियन काउन्सिलको साधारण सभाले पौडेललाई इभेन्ट कमिसनको सदस्यमा पौडेललाई निर्वाचित गरेको नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका सचिव ठाकुर न्यौपानेले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

कमिसनको अध्यक्षमा चीन माउन्टेनेरिङ एसोसियनका लि गुन वि निर्वाचित भएका छन् ।

स्पोर्ट्स क्लाइम्बिङ नेपालमा २०६७ सालदेखि सक्रिय छ र यस खेलले एसियन गेम्समा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाइसकेको छ । जापानमा आगामी जुलाई-अगष्टमा आयोजना हुने टोकियोने ओलम्पिकमा समेत स्पोर्ट्स क्लाइम्बिङलाई समावेश गरिएको छ ।

नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका सचिव ठाकुर न्यौपानेले विज्ञप्तीमार्फत पौडेललाई बधाई तथा शुभकामना दिँदै उनको उपस्थितीले यस खेलको दीर्घकालीन विकासमा थप टेवा पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment