+
+

बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, त्रिभुवन विमानस्थलमा भ्याईनभ्याई

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १६:१९
फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भीड बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाट बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि रोकिंदैछ ।

अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको हो । बिहीबारदेखि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् ।

कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरेको छ । वैशाख १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक हप्ता थपिएको छ । काठमाडौं उपत्यकाबाहिर पनि ४० बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?