News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ।
- ती दुई अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन जिम्मेवारीबाट हटाएर छानबिन गरिएको छ।
- उनीहरुले पासपोर्टमा 'इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड' लेखेका थिए।
७ वैशाख, काठमाडौं । भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार दुई अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिएको छ ।
उनीहरुले भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड’ (काम गर्न प्रतिबन्ध) लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4