News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयनले त्रिभुवन विमानस्थलमा एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः सूचित गरेको छ।
- विमानस्थलमा १० जनासम्मको भीडले अत्यधिक भिडभाड र सुरक्षा चुनौती थपिएको विमानस्थल प्रशासनले जनाएको छ।
- प्रशासनले अनावश्यक भीडले स्वदेशी तथा विदेशी यात्रुको आवागमनमा असुविधा भएको बताउँदै कम आफन्त आएर सहयोग गर्न अनुरोध गरेको छ।
२७ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः सूचित गरेको छ ।
एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त आएर सहयोग गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको हो । विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको छ ।
तर, भीड घटेको छैन । अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विेदेशी हवाइ यात्रुको आवागमनमा असुविधा भएको समेत विमानस्थल व्यवस्थापनले जनाएको छ । सोही अनुसार एक यात्रु बराबर बढीमा तीन यात्रु आएर सहयोग गर्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4