Comments Add Comment

रमदानमा कतारले दियो १४ जना नेपाली कैदीलाई आममाफी

२१ वैशाख, काठमाडौं । यस वर्षको रमदान पर्वको अवसर पारि कतार सरकारले १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रिय कारागार तथा अन्य विभिन्न कारगारमा विभिन्न आरोपमा सजाय भोगिरहेका कैदी बन्दीलाई आममाफी दिइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि दूतावासले कोभिड संक्रमणलाई ध्यानमा राखी नेपाली कैदीलाई रिहाई गर्न दूतावासले अनुरोध गरेको समेत दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

आममाफी पाएका नेपाली नागरिकको नेपाल फिर्ति सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग दूतावासले समन्वय तथा सहजीकरण गर्ने समेत विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment