Comments Add Comment

एक सहज मातृत्वका लागि केही सुझाव

एक नारीको जीवनमा आमा बन्नुको सुख अरु सबै सुखभन्दा श्रेष्ठ हुन्छ । अनौठो पनि । किनभने मातृत्वको सुख, त्यसको अनुभूति सबै सम्बन्धभन्दा अलग र मीठासपूर्ण हुन्छ ।

शिशुको आगमनपछि नारीको जीवनमा धेरै कुरा बद्लिन्छ । उनीहरुको भूमिका परिवर्तन हुन्छ । उनले आफुलाई सम्पूर्ण रुपमा शिशुप्रति समर्पण गर्छन् । शिशुको लालनपालनमा ध्यान राख्छन् । उनीहरुको स–साना कुरामा पनि आमाले गंभिरतापूर्वक ख्याल राख्छन् । शिशुलाई स्तनपान गराउनेदेखि उनीहरुलाई सुताउने, खेलाउने कुराहरुमा आमाको खास भूमिका हुन्छ । यी सम्पूर्ण भूमिका निर्वाह गरिरहँदा एउटी आमाले आफैलाई भने भुलिरहेका हुन्छन् ।

शिशुलाई कसरी स्वस्थ राख्ने, कसरी सुकिलो राख्ने, कसरी खुसी राख्ने भन्ने कुरा सोच्दा सोच्दै एउटी नारीले आफ्नो स्वास्थ्य, सौन्दर्य, करियरमा ध्यान दिन पाउँदैनन् । यसर्थ आमाले शिशुसँगै आफुलाई पनि ख्याल राख्नुपर्छ ।

त्यसो त अहिले यस्ता थुप्रै उत्पादन उपलब्ध छन्, जसले एक मातृत्वलाई सहज बनाउन भूमिका खेल्छ । यी उत्पादनहरुलाई उनीहरुले आफ्नो दिनचर्याको सहयोगी बनाउन सक्छन् ।

बेबी चियर

शिशुलाई काखमा मात्र राखेर आरमपूर्वक सुताउन संभव हुँदैन । शिशुको शान्तिपूर्ण निद्राका लागि बेबी चियरको उपयोग गर्न सकिन्छ । यो वहुउपयोगी हुन्छ । जस्तो यो चियरमा सुताउन, बसाउन वा खेलाउन सकिन्छ । आफुले अरु काम धन्दा गरिरहेको बेला शिशुलाई यस्तो चियरमा राखेर छाड्न सकिन्छ । खाना ख्वाउँदा चियरलाई अग्लो बनाउन सकिन्छ भने सुताउनका लागि विछ्यौना जस्तै बनाउन सकिन्छ ।

आमाको लागि ब्रेस्ट फिडिङ पम्प

आमाको दुध नै शिशुको लागि सम्पूर्ण आहार हो । शिशुको शारीरिक, मानसिक विकासका लागि आमाको दुध जरुरी हुन्छ । यसलाई अमृत समान मानिन्छ । निश्चित उमेरसम्म शिशुलाई आमाको दुध मात्र ख्वाउनुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा आमाले सही समयमा स्तनपान गराउन सक्दैनन् । यसको राम्रो विकल्प हो, ब्रेस्ट फिडिङ पम्प । आमाले यसमा दुध भण्डारण गरेर आफ्नो अनुपस्थितीमा पनि शिशुलाई दुध उपलब्ध गराउन सक्छन् ।

वाथिङ जेल

शिशुको शारीरिक सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । उनीहरुलाई नुहाउने, सुकिलो राख्ने गर्नुपर्छ । जबकि शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । अतः शिशुलाई सफा गर्नका लागि वाथिङ जेल उपयोगी हुनसक्छ । विभिन्न रसायनयुक्त साबुनले उनीहरुको छालामा असर पुर्याउन सक्ने भएकाले वाथिङ जेल प्रयोग गर्नु उचित हुन्छ ।

शिशुको सामग्रीको सफाई

शिशुको खेलौना होस् वा खानेकुरा, पानीले पखालेर मात्र सफा हुँदैन । त्यसमा रहेका किटाणुलाई नष्ट गर्नका लागि राम्रो गुणस्तरको डिसइन्फेक्टेटको प्रयोग गर्नुपर्छ । यद्यपि बजारमा थुप्रै किसिमको डिसइन्फेक्टेट पाइन्छन् । त्यसमध्ये शिशुको लागि उपयोगी मात्र छनौट गर्नुपर्छ ।

फेस मास्क

बजारमा बच्चाको लागि विशेष किसिमको फेस मास्क पनि उपलब्ध छ, जो अहिलेको बच्चाको लागि अत्याधिक आवश्यक छ । बच्चाको लागि कटनको कपडाको मास्क खरिद गर्नुपर्छ, जो नरम र ६ लेयरयुक्त सुरक्षित हुन्छ । घर बाहिर निस्कदा बच्चालाई मास्क लगाइदिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment