Comments Add Comment

भारतमा एकैदिन ३ हजार ७८० कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ३ हजार ७८० जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संख्या एकैदिन कोरोना संक्रमणको कारण सबैभन्दा धेरैको मृत्युको तथ्यांक हो । उक्त अवधिमा भारतमा थप ३ लाख ८२ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ६५ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख २६ हजार १८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । साथै कर्नाटकमा नयाँ संक्रमितको संख्या ४४ हजारभन्दा धेरै छ । केरलामा ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । उत्तर प्रदेशमा पनि २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म १६ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment