Comments Add Comment

सिरहा कारागारमा कैदीबन्दीसँग भेट्न रोक

२३ वैशाख, सिरहा । कोभिड १९ सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।

कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको कारारगार प्रमुख बबिता महतोले जानकारी दिए ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुम महतोले बताए । बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएको बाहेक अन्य कैदीबन्दी नपठाउन आग्रह गरिएको प्रमुख महतोको भनाइ छ ।

जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षणपछि मात्र राख्ने र हरेक नयाँ कैदी बन्दीलाई १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ ।

अघिल्लो कोरोना कालमा सावधानी नअपनाउँदा कारागारका अधिकांश कैदीबन्दीमा सङ्क्रमण फैलिएको थियो । कुल १५ महिला र १३५ पुरुष कैदीबन्दी राख्ने क्षमताको सिरहा कारागारमा हाल २३ महिला सहित ५५५ पुरुष र आश्रित तीन बालबालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment