Comments Add Comment

पूर्वमन्त्री पहाडीको कोरोना संक्रमणबाट मृत्यु

२३ वैशाख, बाँके । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १:४० बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पहाडी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना भएका थिए । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा‍. प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment