Comments Add Comment

रुपन्देहीको निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्था बन्द

२३ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीले निगरानी गर्ने निर्णय गरेको छ ।

औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन पूर्ण निषेध गर्ने र कोभिड १९ को उपचार गर्ने अस्पतालहरुलाई पहिलो प्राथमिकता एवं स्थानीय तहबाट सञ्चालित कोभिड अस्थायी अस्पताल,संस्थागत,होटेल,होम आइसोलेसन र बुटवल उपमहानगरबाट सञ्चालित अक्सिजन बैंकमा औचित्यका आधारमा वितरण गर्ने निर्णय गरेको छ ।

पुर्वाधार एवं विकास निर्माण सम्बन्धमा निर्माणस्थलमा क्वारेन्टाइन (बाहिर आवत जावत नगर्ने सुनिश्चित प्रबन्ध भएको ) वाहेक सबै विकास निर्माणका कार्य अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

कोभिड १९ महामारी व्यवस्थापनका लागि विद्यमान विज्ञ स्वास्थ्यकर्मी,अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य जनशक्ति र उपकरणको अपर्याप्तता देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने निर्णय बैठकले गरेको छ ।

खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका अन्य सबै उद्योगहरु र निर्माण सामाग्रीको ढुवानी अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

होल्डिङ सेन्टर लगायत स्वास्थ्य संस्थाहरुमा कोभिड १९ द्रूत परीक्षणका लागि एन्टिजेन किटको अभाव देखिएकाले अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।

बैठकले हरियो तरकारी एवं कृषि उपजहरु उत्पादक र उपभोक्ताबीच कृषि एम्बुलेन्स मार्फत उपलब्ध हुने व्यवस्था गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

यस्ता छन् निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment