+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते २०:०६

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर बस्ने ८२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा ५ बजेर ५४ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई बिहीबार नै उपचारका लागि नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट बिहीबार मात्रै चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा बिहीबार रौतहटका दुई र पर्साका दुई गरी ४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?