Comments Add Comment

रौतहटमा आजदेखि निषेधाज्ञा

२४ वैशाख, रौतहट । कोरोना भाइरस (कोविड १९) को दोश्रो लहरको संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा प्रशासनले बैशाख २४ गते राति १२ बजेदेखि वैशाख३१ गते सम्मका निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्‍चालनको अनुमति दिएको छ ।

होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।

रौतहटमा समुदाय स्तरमै २१५ जनामा संक्रमण पुष्टि भएको छ । बिहिवार मात्रै ३६ नयाँ संक्रमित थपिएका थिए । संक्रमणका कारण रौतहटका १० जनाको ज्यान गएको छ । रौतहटमा सबैभन्दा बढी चन्द्रपुरमा ५५ र गौरमा ५४ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment