+
+
Shares

भारतमा लगातार चौथो दिन ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, ४ हजारभन्दा बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १२:०२

२६ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा लगातार चौथो दिन ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा ४ हजार ९२ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड २२ लाख ९६ हजार ४१४ पुगेको छ भने संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ४२ हजार ३६२ पुगेको छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३७ लाख ३६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ५६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटकमा नयाँ संक्रमितको संख्या ४७ हजारभन्दा धेरै छ । त्यस्तै केरलामा पनि ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म १६ करोड ९४ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?