
२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेको पाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
यस्तै सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन्, जसमध्ये ३ हजार १६१ जना काठमाडौँका, ५३३ जना ललितपुरका र ५०४ जना भक्तपुरका छन् ।
यस्तै रुपन्देहीमा ५६२, कैलालीमा ४७६, कास्कीमा ३८३, मोरङमा ३३० र चितवनमा ३१० जना कोरोना संक्रमण थपिएका छन् ।
यस्तै सुर्खेतमा २३५, धनकुटामा १३०, झापामा ११७, काभ्रेपलाञ्चोकमा १२२, मकवानपुरमा ९० र महोत्तरीमा ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै तनहुँमा ८३, सिन्धुपाल्चोकमा ७५, गोरखामा ७४, नुवाकोट र बाँकेमा ७३/७३ जना, बैतडीमा ७१, पर्सामा ६७, सुनसरीमा ६६, नवलपरासी पूर्वमा ५२, रौतहटमा ५०,डडेल्धुरामा ४५, अछाममा ४४, सिन्धुलीमा ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, सिरहामा ३३, दार्चुलामा २९, सप्तरीमा २८, बारामा २४, स्याङजामा २३, धादिङ, रोल्पा र कञ्चनपुरमा २१/२१ जना, रामेछाप र जुम्लामा १९/१९ जना, सर्लाही, लमजुङमा र बर्दियामा १२/१२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै रूकुम पश्चिम र डोटीमा ९/९ जना, ओखलढुंगा र दोलखामा ८/८ जना, रसुवा र पर्वतमा ७/७ जना, उदयपुर र प्युठानमा ५/५ जना, म्याग्दी, कालिकोट र दैलेखमा ४/४ जना, इलाम, धनकुटा, सोलुखुम्बु, वागलुङ, जाजरकोट, सल्यान र बझाङमा ३/३ जना, भोजपुर, संखुवासभामा २/२ जना तथा खोटाङ र पाँचथरमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका २४३ बालबालिका तथा १० देखि १९ वर्ष उमेर समूहका ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया 4