Comments Add Comment
सन्दर्भः मातातीर्थ औँसी :

मेरो मुख के हेर्छौं तिमी ?

पुर्खाले लडेर बचाएको मेरो अस्तित्व
तिमीले बचाउन सकेनौँ है,
सबै मिली म भित्र
एकछत्र अटाउन पनि सकेनौँ है ।
तिम्रो लाचारिपन लिएर
आज लुटिएको मेरो मुख हेर्नलाई,
के आउँछौ तिमी ?

मातृभूमीको विकास गर्नु त कता कता,
मेरै छातीमा टेकी,
आ–आफू नै लड्दैछौ तिमी ।
तानातानको ताण्डव नाच देखाउँदै
आज थङ्थिलो मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?

आमा भन्दा प्यारो तिमीलाई तिम्रै सम्पति,
त्यही जोड्दैमा ममता नराख्ने भयौं एकरति ।
कम से कम दश धारा मेरो दुधको मूल्य त चुकाउ तिमी ।
दरिद्र त्यो तिम्रो अनुहार लिएर
आज सुस्ताएको मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?

घरको बोझ सम्झिएर
बृद्धाश्रममा बन्दी छोडेर
आफू स्वतन्त्र जीवनमा भुल्ने
तिमी,
मेरो दुःखले फेरि दुखित हुन
आज रोईरहेको मेरो मुख हेर्नलाई
के आउँछौ तिमी ?
मेरो मुख के हेर्छौ तिमी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment