+
+
Shares

नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे ६ सय अक्सिजन सिलिण्डर

आइतबारसम्म आइपुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १४:१२

२९ वैशाख, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले अनलाईनखबरलाई बताए ।

खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए । ‘६ सय थान अक्सिजन सिलिण्डर खरिद भइसकेको छ, जतिसक्दो छिटो नेपाल पाठाउने गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दै छौं,’ झाले ओमानबाट भने । अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पुर्‍याउने गरी काम भइरहेको उनले सुनाए ।

अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर हुने झाले जानकारी दिए । गैह्र आवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढेको उनले बताए ।

खरिद गरिएका सिलिण्डरको तौल समान किसिमको नभएका कारण एकै पटकमा पाँच सय ५० वटा भन्दा धेरै सिलिण्डर पठाउन नसकिने होमी भन्ने चिन्ता थपिएको अध्यक्ष झाले बताए ।

अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तत भएको र स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु भएको पनि उनले बताए ।

खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । सिलिण्डर नेपाल पाठउन के कसरी सकिन्छ भन्नेबारे नेपाल अ्एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

‘अक्सिजन सिलिण्डर खरिद सकिएको छ, हामी जतिसक्दो छिटो नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाईनसमार्फत पेपर वर्क गरिरहेका छौं,’ राजदूत ढकालले भनिन् । सकेसम्म नेपाल एयरलाइन्सको जहाजमा एकै खेपमा सिलिण्डर पठाउन सकिने गरी छलफल भइरहेको उनले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?