
२९ वैशाख, बुटवल । अक्सिजनको चरम अभाव भएपछि हेलिकप्टरमार्फत सिमरा र चितवनबाट ४० सिलिण्डर अक्सिजन रुपन्देहीमा ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमा बुधबार साँझ ४० सिलिन्डर अक्सिजन रुपन्देही ल्याइएको हो ।
आपतकालीन व्यवस्थापन गरी सेनाको हेलिकप्टरबाट अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको उक्त अक्सिजनको लागत खर्च संघ र प्रदेश सरकारसंग मागिने र व्यवस्था नभए सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाले साझेदारीमा व्यहोर्ने समझदारी गरिएको छ ।
उक्त अक्सिजनमध्ये धेरैजसो लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई र केही भीम अस्पताल भैरहवामा प्रयोग हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर पुर्याइसकिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4