Comments Add Comment
अक्सिजनको चरम अभाव :

ट्रमा सेन्टरका निर्देशक भन्छन्– रातभर थामियो, अब गाह्रो भयो

Photo Credit : भुवन केसीको फेसबुकबाट

३० वैशाख, काठमाडौं । कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरु जस्तै काठमाडौंको ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव भएकाे त्यहाँका कर्मचारीले बताएका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ‘रातभर थामियो अब गाह्रो भो’ भन्दै अक्सिजन सहयोगको याचना गरेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै अक्सिजन सहयोग मागेका हुन् ।

ट्रमा सेन्टरका अर्का कर्मचारी भुवन केसीले पनि अक्सिजन अभावका कारण भगवान भरोसामा चल्नुपर्ने स्थिति आएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सिजनको सहायताले उपचाररत छन् । तर आज रातभरि अस्पतालका निर्देशक डा.सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मको लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सिजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन आह्वान पनि गरेका छन् ।

सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र वीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment