News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भीषण बाढीमा घाइते नुवाकोट विदुर–१० का ३० वर्षीय महेश डंगोलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ।
- साँझ साढे ५ बजेसम्म ३८ जना घाइते अस्पताल भर्ना भएकामध्ये २१ जना डिस्चार्ज भएका र एक जनालाई वीर अस्पताल रिफर गरिएको छ।
- हाल दुई जना एचडीयूमा र १३ जना इमर्जेन्सी तथा वार्डमा उपचाररत रहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।
१२ भदौ, काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार डंगोललाई बाढीमा परी गम्भीर घाइते भएपछि सुरुकै दिन उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।
‘उहाँको सुरुको दिनबाटै अवस्था गम्भीर रहेकोले आइसीयूमा राखिएको थियो, शरीरभर गम्भीर चोट थियो । शुक्रबार उनको उपचारका क्रममा मृत्यु भयो, ‘उनी भन्छन् ।
उनलाई विदुर–१०, नुवाकोट का बासिन्दाका रूपमा उल्लेख गरिएको छ ।
साँझ साढे ५ बजेसम्मको विवरणअनुसार हालसम्म ३८ जना घाइते उपचारका लागि भर्ना भएकामध्ये २१ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पताल रिफर गरिएको छ ।
हाल उपचाररत घाइतेमध्ये दुई जना एचडीयूमा र १३ जना इमर्जेन्सी तथा वार्डमा उपचाररत रहेको सेन्टरको विवरणमा उल्लेख छ ।
बाढीमा परी घाइते भएकाहरूलाई रसुवा र नुवाकोटलगायत प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो । घाइतेमध्ये अधिकांशको शरीरका विभिन्न भागमा चोट लागेको छ भने केहीको अवस्था सामान्य र केहीको अवस्था स्थिर रहेको सेन्टरले जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार बाढीपछि ल्याइएका घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेर अस्पतालले आवश्यक व्यवस्थापन गरिरहेको छ ।
उपचाररत र डिस्चार्ज भएकाहरू

प्रतिक्रिया 4