+
+
Shares

वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १२:३८

३० वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।

जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?