Comments Add Comment

सेयर बजार– व्यापार र होटलले गुमाउँदा फाइनान्समा आकर्षण

३० वैशाख, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । परिसूचक १० दशमलव १३ अंकले २ हजार ६ सय ८४ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख ५५ हजार ९४३ सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँ कारोबार रकम पुगेको छ ।

समग्रमा परिसूचक बढे पनि व्यापार, होटल तथा पर्यटन, उत्पादन मूलयक लगायतका समूहका सवइन्डेक्स घटेका छन् । व्यापार समूह २३ दशमलव ८६ अंकले घटेको छ भने होटल तथा पर्यटन १९ दशमलव ३५ अंकले घटेको छ ।

उता आज सबैभन्दा धेरै फाइनान्स समूहमा आकर्षण देखिएको छ । यो समूहको सेयर मूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात ६० दशमलव २४ अंकले बढेको छ । विकास बैंक समूह पनि ७१ दशमलव १९ अंकले बढेको छ ।

बुधबार धेरै कमाउनेमा समता घरले लघुवित्त देखिएको छ भने धेरै गुमाउनेमा रिढी हाइड्रोपावर देखिएको छ ।

यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment