Comments Add Comment

युरोकपका लागि क्रोएसियाको टिम घोषणा

३ जेठ, काठमाडौं । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि क्रोएसियाको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ज्लाट्को डालिचले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण यस पटक युरोमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युइएफएले निर्णय गरिसकेको छ । त्यसैअनुसार क्रोएसिया २६ जनाको टोली घोषणा गरेको हो ।

प्रशिक्षक ज्लाट्को डालिकले यी खेलाडी अहिले क्रोएसियाको उत्कृष्ट रहेको र यसमा आफ्नो विश्वास रहेको बताएका छन् ।

टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन् । क्रोएसियाले ८ जना स्ट्यानबाई समेत घोषणा गरिएको छ ।

समूह डी मा रहेको क्रोएसियाले चेक रिपब्लिक इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्नेछ ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरो हुन लागेको छ ।

युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

२६ सदस्यीय टोली

गोलकिपर : लोभरे कालिनिक, डोमिनिक लिभाकोभिक, सिमोन स्लुगा

डिफेण्डर  : डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिक, डुजे कालेटा कार, जोसिप जुरानाभिक, डोमागोज बराडारिक, मिले स्कोरिक, जोस्को जिभार्डिओल

 मिडफिल्डर : लुका मोडरिक, माटेओ कोभासिक, मार्सेलो ब्रोजोभिक, मिलान बाडेल, मारियो पासालिक, निकोला भ्लासिक, लुका इभानुसेक

फरवार्ड : इभान पेरिसिक, आन्द्रे क्रमारिक, एन्टे रेबिक, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिक, मिस्लाभ ओरिसिक, एन्टे बुडिमिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment