Comments Add Comment

६ महिनासम्म घाँस खाएर बाँचिन् हराएकी महिला !

अमेरिकामा ६ महिना अघि हराएकी एक महिला एउटा सानो पालमुनि जीवितै फेला परेकी छिन् ।

उटास्थित एक गल्छीबाट हराएकी ती ४७ वर्षीया महिला ६ महिनासम्म झारपात तथा घाँस खाएर बाँचेको बताइएको छ ।

साल्ट लेक सहरभन्दा ४० माइल दक्षिणमा पर्ने स्पेनिश फोर्क क्यान्योनबाट गत नोभेम्बरमा हराएकी थिइन् । गल्छी नजिकैको गाडी पार्किङस्थलमा उनको कार तथा क्याम्पिङका सामानहरु मात्र फेला परेका र ती महिला नभेटिएपछि उनी बेपत्ता भएको घोषणा गरिएको थियो ।

उटा काउन्टीस्थित प्रहरी कार्यालयले उक्त क्षेत्रमा ती महिलाको खोजी कार्य गरेको थियो । तर ती महिलालाई फेला पार्न नसकेको र उनका आफन्तसँग पनि सम्पर्क हुन नसक्दा ती महिला कारलाई त्यहीँ छाडेर कोलोराडोतिर गएको हुनसक्ने अनुमान गर्दै उनी बेपत्ता भएको ठहर गरे ।

यद्यपि खोज तथा उद्धार दलले स्थल तथा हवाई माध्यमबाट समेत उनको खोजीकार्य जारी राखेको थियो । अन्ततः गत हप्ता ती महिला फेला परिन् ।

वास्तवमा ती महिला फेला पर्नु पनि एउटा अनौठो संयोग तथा काकताली बन्यो । खोजी कार्यलाई सघाउनका लागि उडाइएको ड्रोन खोँचमा खसेपछि उक्त ड्रोन खोज्दै ड्रोनका पाइलट र प्रहरी अधिकारी ड्रोन खसेको ठाउँतर्फ गए । जब उनीहरु त्यहाँ पुगे एउटा पूरानो र प्रयोग भएर छाडिसकिएको जसतो पाल टाँगिएको अवस्थामा उनीहरुले देखे । जब उनीहरु उक्त पालको नजिक पालको चेन खोलेर एक महिला त्यहाँ देखा परिन् । आखिर ती हराएकी महिला उनै थिइन् जो ६ महिनादेखि सोही पालभित्र बसेकी थिइन् ।

६ महिनासम्म त्यसरी बेवारिसे अवस्थामा निर्जन ठाउँमा पालभित्र बसेकी ती महिला निकै दुब्ली र कमजोर अवस्थामा थिइन् । आफू खोँचमा हराएसँगै जानीबुझीकन पालभित्र बसेको भन्दै उनले कष्टपूर्ण तरिकाले जाडोयामको चिसो कटाएको र घाँस, झारपात र नजिकैको नदीको पानी खाएर बाँचेको बताइन् ।

अधिकारीहरुले ती महिलाको उद्धार गरी उनको मानसिक स्वास्थ्यको जाँचका लागि अस्पताल लगे ।

ती महिला आगामी दिन पुनः गल्छीमा उसैगरी बस्न चाहेमा कानूनले रोक्न नसकिने अधिकारीहरु बताउँछन् । ती महिलाको नाम चाहीँ खुलाइएको छैन ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment