Comments Add Comment

नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

५ जेठ, वीरगञ्‍ज । प्रदेश सभा सदस्य डाक्टर अञ्जु कुमारी यादवले नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कोभिड–१९ संक्रमितको उपचारका लागि उपयोगी २ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री अस्पतालमा हस्तान्तरण गरिएको डाक्टर यादवका श्रीमान अनुज यादवले जानकारी दिए । प्रदेश सभा सदस्य डाक्टर यादवले ४ महिनाको तलब कोरोना संक्रमितको उपचारमा खर्च गरेको उनको भनाइ छ ।

अस्पतालमा नन इन्भेसिभ भेन्टिलेटर (वाईप्याप) १ थान, एम्बु ब्याग २ थान, १ थान, अक्सिजन नेजल क्यानुला ७ थान, अक्सिजन कन्सर्नट्रेटर, डिजिटल वेटिङ मेशिन, डिजिटल एक्सरे भिउअर र फोईटल डपलर १-१ थान र मल्टीभिटामिन एक केस हस्तान्तरण गरिएको उनले बताए ।

निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर एनामुल हकले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोगमा आउनु खुशीको कुरा भएको बताए । नारायणी अस्पतालले कोरोना संक्रमितका लागि १ सय २५ बेड छुट्याएर उपचार गरिरहेको छ । भर्ना भएका सबै विरामीलाई अक्सिजन दिनुपरिरहेको छ । ५ सय वटा अक्सिजन सिलिण्डर अस्पतालसँग छ ।

बुधबार १ सय ३ जना संक्रमित उपचररत छन् । ७५ बेडको आइसियु र २८ बेडको एचडियु रहेको अस्पतालमा ९ जना भेन्टिलेटरमा छन् । जसमध्ये ५ जना सिप्याप, ३ जना हाइफ्लो नेजल क्यानुला र १ जना इन्भेसिभ भेन्टिलेटरमा राखिएका छन् ।

बुधबार ४ जना नयाँ विरामी भर्ना भएको ४ जना डिस्चार्ज भएको र तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment