
५ जेठ, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुङ्मती लगिएको छ ।
विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जावलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भीड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन गर्ने सहमति भएको थियो ।
बुधबार बिहान पुल्चोकमा रहेको रथमा क्षमा पूजा गरिएको थियो र दिउँसो एक बजे विशेष पूजा गरेर मछिन्द्रनाथलाई खटमा बोकेर बुङ्मती लगिएको हो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4