+

पीएसजीलाई फ्रेन्च कपको उपाधि

२०७८ जेठ  ६ गते ११:२७ २०७८ जेठ ६ गते ११:२७
पीएसजीलाई फ्रेन्च कपको उपाधि

६ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे ।

पीएसजीले सर्वाधिक १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको हो । मोनाको ५ पटक यो पाधि जितेको छ ।

फ्रेन्च कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय