Comments Add Comment

अपहरणपछि हत्या गरेको आरोपमा सिरहामा तीनजना पक्राउ

६ जेठ, जनकपुरधाम  । सिरहामा तीन वर्षअघि एक व्यक्तिको अपहरण गरी हत्या गरेर फरार भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ३९ वर्षीय जयराम साह, सोही ठाउँका ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह छन् ।

२०७५ वैशाख २९ गते राति बरियारपट्टी गाउँपालिका–४ स्थित आधारभूत प्राथमिक विद्यालय तेनुवापट्टी अगाडि वडा नम्बर ४ सोहपुरका अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी कुटपिट गर्दै घाइते बनाइएको थियो । घाइते भएका सिंहको उपचारको क्रममा २०७६ साल जेठ १ गते मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार भएका तीनै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment