Comments Add Comment

संक्रमितको उद्धार गर्दा तोकिएभन्दा १ लाखसम्म बढी भाडा लिन अनुमति

६ जेठ, काठमाडौं । कोरोना भाइरसका गम्भीर बिरामीको हेलिउद्धारका क्रममा अब तोकिएको भाडादरमा बढीमा १ लाखसम्म मात्र भाडा लिन पाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सबै वायुसेवा कम्पनीलाई पत्राचार गरि यस्तो जानकारी गराएको छ ।

नेपाल सरकारले वि.सं २०७२ सालमा तोकेको भाडादरमा बढीमा १ लाखसम्म मात्र बढाएर कोरोनाका संक्रमितको उद्धार गर्नुपर्ने गरि प्राधिकरणले निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार सो मितिमा आर-४४ /आर ४६ मोडलका हेलिकोप्टरको भाडादर प्रतिघण्टा १ हजार डलर बराबर हुने नेपाली रुपैयाँ र ए५३५/बेल२०६ तथा सो सिरिजका हेलिकोप्टरले प्रतिघण्टा १२ सय डलर बराबर हुने नेपाली रुपैयाँ प्रतिघण्टा भाडा तोकिएको थियो ।

तर, कोरोना संक्रमित बोक्ने हेलिकोप्टरमा पाइलट, मेडिकल टिमलाई भत्ता दिनुपर्ने, उपकरण राख्नुपर्ने र हेलिकोप्टरलाई हरेक उडानपिच्छे संक्रमणरहित बनाउनु पर्ने भएकाले सो प्रयोजनका लागि बढीमा एक लाखसम्म लिन सकिने गरिने तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment