Comments Add Comment

७१ वर्षपछि भेटियो पानीभित्र हराएको गाउँ (फोटोफिचर)

७ जेठ, काठमाडौं । इटालीमा ७१ वर्षअघि पानीभित्र हराएको एउटा गाउँ देखा परेको छ । उक्त गाउँ सन् १९५० मा पानीमा डुबेको थियो । क्युरोन नामक उक्त गाउँको अस्तित्व समाप्त हुनु अघिसम्म त्यहाँ सयौँ परिवार बसोबास गर्दथे ।

तर जलविद्युत आयोजना निर्माणका क्रममा सरकारले बाँधको निर्माण गर्यो । त्यसक्रममा दुईवटा ताललाई एक आपसमा जोडेर विशाल जलाशय बनाइएको थियो । दुईवटा तालहरु आपसमा मिलाउँदा उक्त गाउँ पानीमा डुबेर नामेट भएको थियो ।

क्युरोन गाउँका सयौँ घरहरु पानीमा डुबेपछि त्यहाँका गाउँलेहरु विस्थापित भए । तीमध्ये ४ सय जति मानिसहरु नजिकैको अर्को गाउँमा गए भने ६ सय जना मानिसहरु निकै टाढा बसाइँ सरे ।

इटालीको साउथ टिरोलस्थित अष्ट्रिया तथा स्विटजरल्याण्डको सिमानामा रहेको उक्त जलाशयको बाँध मर्मतका लागि हालै जलाशयको पानी अस्थायी रूपमा सुकाइयो । जलाशयमा पानी सुकाएसँगै त्यहाँ ७१ वर्ष अगाडि डुबेको गाउँको अवशेष देखा परेको हो । स्मरण रहोस् यो गाउँका बारेमा विभिन्न उपन्यास तथा चलचित्रहरु समेत बनेका छन् ।

डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment