Comments Add Comment

अमेरिकी रकस्टारको क्रेजः ६ वटा कपालका रेशा १६ लाखमा लिलाम

खेलाडी तथा कलाकार लगायतका सेलिब्रेटीहरुका थुप्रै फ्यानहरु हुन्छन् । कतिपय फ्यानहरु त यस्ता हुन्छन् कि आफ्नो मनपर्ने सेलिब्रेटीका हरेक चिजहरु अमूल्य सम्पत्ति ठान्दछन् । हालै अमेरिकामा एकजना रकस्टारको जम्मा ६ वटा कपालका त्यान्द्रा झण्डै १६ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको छ ।

९० को दशकका चर्चित रकस्टार तथा गिटारिस्ट कर्ट कोबेन निर्वाणा व्याण्डका संस्थापक पनि हुन् । उक्त ब्याण्डको पहिलो एल्बम रिलिज हुने बित्तिकै कोबेन रातारात स्टार बनेका थिए । उनको हेयरस्टाइल पनि निकै चर्चित थियो त्यतिबेला ।

तर अकस्मात् सन् १९९४ को अप्रिल ५ का दिन आफैलाई गोली हानेर उनले आत्महत्या गरेपछि उनका फ्यानहरु मर्माहत भए । त्यतिबेला कोबेनको उमेर जम्मा २७ वर्षको थियो । प्रहरीले उनको कोठाबाट सुसाइड नोट फेला पारेको थियो ।

हालै भएको लिलामीमा उनै कोबेनको कपालका ६ वटा रेशा बिक्रि भए । त्यसक्रममा ती कपालका रेशाको १४ हजार १४५ डलर अर्थात् करीब १६ लाख रुपैयाँ परेको छ । आत्महत्या गरेका कोबेनको कपाललाई लामो समयदेखि प्लास्टिकको बाकसमा सुरक्षित राखिएको थियो ।

स्मरण रहोस् गत वर्षको जुन महिनामा उनको गिटार पनि लिलामीमा बेचिएको थियो । उनको गिटार ६० लाख डलरमा बिक्री भएको थियो । यो सँगै उक्त गिटार संसारको सबैभन्दा महंगा गिटारको सूचिमा परेको थियो । साथै उनको विमाको पत्र पनि झण्डै २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment