Comments Add Comment

सौर्यमण्डलको यस्तो ग्रह जहाँ ४२ वर्ष दिन र ४२ वर्ष रात हुन्छ

७ जेठ, काठमाडौं । हाम्रो सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु आफैंमा विशेष यो अर्थमा छन् कि सबैका आ आफ्नै अद्वीतीय विशेषताहरु छन् ।

सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अरुण ग्रह घनत्वका आधारमा चाहिं चौथो ठूलो ग्रह हो । यो ग्रह अधिकांश ग्याँसबाट बनेको ग्रह हो । त्यसैले यसलाई ग्याँस दानव पनि भनिन्छ । अरुण ग्रह अनेक खालका रहस्य र अनौठा तथ्यहरुले भरिएको छ ।

यो ग्रह आफ्नो अक्षमा ९८ डिग्रीको कोणमा झुकेको छ । सोही कारण यस ग्रहमा निकै असामान्य मौसम हुन्छ । त्यहाँ सधैंजसो आँधीबेहेरी चल्दछ । हावाको उच्चतम गति ९०० किलोमिटर प्रतिघण्टासम्म पुग्दछ ।

अर्को सबैभन्दा रोचक तथ्य त के भने अरुण ग्रहमा ४२ वर्षसम्म रात हुन्छ र अर्को ४२ वर्षसम्म दिन । जसका कारण अरुण ग्रहको एउटा ध्रुव लगातार ४२ वर्षसम्म अँध्यारो हुन्छ भने अर्को ध्रुवमा सूर्यको प्रकाश पर्दछ ।

अरुण ग्रह सूर्यबाट झण्डै ३ अर्ब किलोमिटर टाढा छ । त्यसैले यो ग्रहको तापक्रम निकै चिसो छ । त्यहाँको औसत तापक्रम माइनस १९७ डिग्री छ । वैज्ञानिकहरुका अनुसार अरुण ग्रहको न्यूनतम तापक्रम माइनस २२४ सम्म पुग्दछ ।

सूर्यबाट निकै टाढा हुनाले यो ग्रहमा सूर्यको प्रकाश पुग्नका लागि दुई घण्टा ४० मिनेट समय लाग्दछ । जबकि पृथ्वीमा सूर्यको प्रकाश आइपुग्नका लागि ८ मिनेट २० सेकेण्ड लाग्दछ । यो ग्रहले आफ्नो कक्षमा एक फन्को लगाउनका लागि १७ घण्टा लगाउँदछ । यसको अर्थ अरुण ग्रहमा १७ घण्टाको एक दिन हुन्छ । यहाँको एक वर्ष पृथ्वीको ८४ वर्ष बराबर हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment